नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार !

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याईएको छ । उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा […]

Continue Reading

बालेनको स्पष्टीकरण : ट्राफिक प्रहरीले असभ्य व्यवहार देखायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शनिबार राति फेसबुक स्टाटसमा पोष्ट गरेको विषयमा पैदा भएकाे विवादका विषयमा सचिवालयमार्फत स्पष्टीकरणा दिएका छन् । उनको स्वकिय सचिवालयका स्वकीय सचिव भुपदेव शाहले बुधबार प्रसव पीडामा रहेकी मेयर शाहकी पत्नीलाई अस्पताल लैजादै गर्दा भएकाे सवारीसाधन चेकजाँचका क्रममा ट्राफिकले रुखो बोलेर हप्काई दप्काइ गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित […]

Continue Reading

भदौ २७ गते राप्रपाले काठमाडौंमा बृहत र्‍यालीसहित विरोधसभा गर्ने !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले गौवंश हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दूत्वको रक्षा एवं हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा सभा गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकमा […]

Continue Reading

नेपाल-चीन आवतजावत सुरू,आठ वर्षपछि पूर्णरूपमा खुल्याे तातोपानी नाका !

नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि पूर्ण रूपमा खुला भएकाे छ । यससँगै नेपाल-चीन प्रवेशमा मानिसकाे आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए नाका  खुलाउन नेतृत्वदायी […]

Continue Reading

पानीमा डुबिहरहेको अवस्थामा, रौतहटको बाग्मती नदीमा महिलाको शव फेला !

रौतहट । रौतहटको बागमती नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित बागमती खोलामा शुक्रबार पूर्ण नग्न अवस्थामा अन्दाजी ५०–५५ वर्षको महिलाको शव पानीमा डुबिहरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालका अनुसार मंगोलियन अनुहार भएकी ती महिलाको […]

Continue Reading

इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा !

बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो। काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ। उपत्यकामा १० किलोमिटरसम्म २६, […]

Continue Reading

काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु !

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते […]

Continue Reading

नारायणगढ-मुग्लिन सडकको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने !

५ भदौ, भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । ‘हिजो राति १० बजेदेखि […]

Continue Reading

आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको सांसद डा. राणा को भनाई !

पालगन्ज, भदौ ४ । कतार च्यारेटिको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि […]

Continue Reading

बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना पक्राउ !

भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। बाँकी ३१ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।  बाल सुधार गृहमा २९८ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन्।   आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय […]

Continue Reading