काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले गौवंश हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दूत्वको रक्षा एवं हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा सभा गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकमा , विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउनदवाब दिने , संघीयताको खारेजी, सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न माग गर्न उक्त सभा गर्न लागिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार देशले सामन गरिरहेको आर्थिक संकटमा सरकार जिम्मेवार नबन्नु, दिन प्रतिदिन बढिरहेको मूल्यवृद्धि , जस्ता विषयमा गम्भीर बन्न सरकारलाई दबाब दिन राप्रपाले र्यालीसहित विरोधसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा भदौ २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।
