शंखमूलमा युवकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ !

उज्यालो खबर मुख्य खबर

काठमाडौँ — ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप मन्थली घरभइ जडिबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दुका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर थिमिका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे घरभइ राधेराधे बस्ने २३ वर्षीय प्रविण नेपाल र रामेछाप खाँडादेवी घरभइ जडीबुटी बस्ने २७ वर्षीय सञ्जिव मोक्तान छन् ।

आर्थिक कारोबार तथा प्रेम सम्बन्धी विवादमा उनीहरुले खड्कालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

घाइते खड्काको ट्रामा सेन्टरमा उपचार भइरहेको छ । महाशाखाको विशेष अनुसन्धान टोलीले घटनामा संलग्न राजेश बुढाथोकीसहित ५ जनालाई खुकुरी र मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले बताए ।

उनीहरुलाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको बिहीबार महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *