नायक पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ !

उज्यालो खबर उज्यालो रंगमन्च मुख्य खबर

नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाई दिएको छ । मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो ।
मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट एक जनाले बहस गरे ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *