सांसद सुर्य ढकालका, समृद्ध बाँकेका लागि, यस्ता छन् याेजनाहरु !

उज्यालो खबर मुख्य खबर

बाँके क्षेत्र न. १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले बाँकेको विकास र परिवर्तनको लागि आफ्नो महत्त्वपूर्ण भुमिका निभाउने बताएका छ्न ।

काठमाडौ सम्पर्क मन्चको आयोजनामा बाँकेबाट निर्वाचित तथा समानुपातिकबाट मनोनित हुनु भएका प्रतिनिधीबिच छलफल कार्यक्रममा आफ्नो भिजन सहितको बिचार बुँदागतरुपमा राखेका थिए ! जुन यस्ता छन ।

१. राष्ट्रिय गौरबको आयोजना सिक्टा सिचाई आयोजना सम्पन्न हुनुपर्ने
२.कोहलपुर चपरगौढी खडकवार–घुइयावारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेशीय पर्यटन मार्ग सम्पन्न हुनुपर्ने
३. कोहलपुर क्रिकेट मैदान सम्पन्न हुनुपर्ने
४. भुवरहभवानी, सन्तानेश्वर, बारवाफानी, पोखरामाता हुदै बागेश्वरी मन्दिर जोड्ने मदन भण्डारी धार्मिक पर्यटन मार्ग सम्पन्न हुनुपर्ने
५. राप्तीनदी, मानखोला र डुडुवा नदीले गरेको कटान रोक्न दीर्घकालिन समाधान खोज्नुपर्ने
६. भेरी अस्पतालको स्तर उन्नती (मेडिकल कलेजमा रुपान्तरण) गर्नुपर्ने
७. नेपालगञ्ज विमानस्थलको स्तर उन्नती गर्नुपर्ने
८. गाभार भ्यालीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने
९. नौवस्तामा निर्माणाधिन औधोगिक क्षेत्र निर्माणमा तिब्रता दिनुपर्ने
१०. खजुरामा बन्न लागेको लुम्बिनी प्रदेशीय विश्वविद्यालय तुरुन्तै सञ्चालनमा ल्याउनुपर्ने
११. बाँके जिल्लालाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, कृषि, जडिबुटी र खेलकुद क्षेत्रको हवको रुपमा विस्तार गर्ने पर्ने
१२.  जिल्लाका कोहलपुर, नेपालगञ्ज र खजुरालाई व्यवस्थित र आधुनिक सहरको रुपमा विकास गर्नुपर्ने
१३.  जिल्लामा रहेका विविध जातजाति, भाषा र संस्कृतिको उत्थान र विकासका लागि ठोस पहल गर्नुपर्ने
१४. खजुरा क्यान्सर अस्पताल साधान श्रोत सम्पन्न बनाउने
१५. बाँके जिल्लाका तीन वटै क्षेत्रको विकास गर्नका लागि गुरु योजना बनाउने
१६. नीतिगत रुपबाट हुने भष्ट्राचारको व्यापक विरोध तथा निर्मुल गर्नुपर्ने
१७. सरकारी कार्यालयबाट हुने ढिला सुस्ती र चाकडीको अन्त्य गर्न पहल गर्ने
१८.मानव र विकास विरोधि कानुनहरु खारेज गर्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *