युवा संघका प्रदेश अध्यक्ष किशोर थापा, एमालेमा प्रवेश !

उज्यालो खबर मुख्य खबर

बाँके चैत २४ गते ।
नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।

नेकपा एमाले, बाँकेले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताउनु भएको छ ।

प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवाद यिनै पाँच दलीय गठबन्धन भएको भन्दै चुनावमा हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुने बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभयो । केपी वली १ अध्यक्ष ओलीले वर्तमान सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका गर्नुभयो ।

केपी वली २ नेकपा समाजवादी एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनुभयो ।

ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक एक लाख दिने घोषणा समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *