नेपालगन्जमा कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेले बुधबार बाँकेका विद्यार्थीहरुलाई साइबर ब्युरो सेक्युरिटी तथा परामर्श सेमिनारको आयोजना सम्पन्न गरेको छ ।
लुम्बिनी प्रबिधिक बिश्वबिद्धालयको सहयोग र कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेको सहकार्यमा नेपालगन्ज सिद्धार्थ कटेजमा आज बाँकेका विभिन्न कलेजहरुबाट ३ सय विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ईन्टरनेटको प्रयोग संगै दुरुपयोग विद्यार्थीलाई इन्टरनेटमा के गर्न हुने र के गर्न नहुने जस्ता कुरा , अहिलेको युगमा देश बिकासको लागी आइटी क्षेत्रमा अब्बल जनशक्ति उत्पादन , सूचना तथा प्रविधिमा रुची हुनेहरूले पाउने अवसर र प्राविधिक शिक्षाको चर्चा भएको थियोे ।
शिशिर नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त बिष्ट, बिशिष्ट अतिथि लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका उपकुलपति प्राध्यापक डाक्टर बिनोद प्रसाद ढकाल, अतिथि लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका कुल सचिव रेग बहादुर भण्डारी, लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका डिन कृति कुसुम जोशी, क्यान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सिना, कम्प्युटर एसोसियसन नेपाल महासंघ बाँकेका कार्यसमिति सदस्य रमेश क्षेत्री लगायतको सहभागीता रहेको थियो ।