अदालतलाई चुनौती- जुनसुकै सजाय भोग्न तयार छु, भारतीय फिल्म चल्न दिन्नँ बालेन !

उज्यालो खबर मुख्य खबर

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतलाई चुनौती दिएका छन्। देशको सार्वभौकिता र स्वाधीनताका मामलामा कुनै कानुन र अदालतको आदेश नमान्ने उनले बताएका छन्।

नेपालमा भारतीय फिल्म चल्न नदिने आफ्नो निर्णयबाट दायाँबायाँ नहुने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,  ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाह हुन्छ।’

यसलाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधिनमा रहेको स्वीकार गरेको उनको भनाइ छ। यसले अदालत र सरकार भारतको गुलाम भएको बुझिनेसमेत उनले बताएका छन्।

‘यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *