विराटनगर । पुनः कोरोना सङ्क्रमण फैलिन नदिन बेलैमा सतर्कता अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन्।
छिमेकी राष्ट्र भारतमा दैनिक जसो कोरोना सङ्क्रमित बड्दै जादा नेपाल भारतको सीमानाका जोगबनी नाकामा भने सुरक्षा सतर्कता नबढाइएको सरोकारवालाहरुले गुनासो गरेका छन्।
भारतका विभिन्न शहरहरुबाट नेपाल प्रवेश गर्नेहरुले एण्टिजेन परिक्षण गराउन नमान्ने गरेको उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा परीक्षण गर्ने गरेको सीमानाकामा खटिएका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
रानी हेल्थ डेस्क इन्चार्ज सुरेन्द्र यादवले सो नाकामा दैनिक ८० देखि १ सय जनाको एण्टिजेन परिक्षण गर्ने गरिएकोमा अहिलेसम्म पोजेटिभ नआएको बताए ।
यता जिल्ला कोरोना व्यवस्थापन समिति मोरङले भारतमा कोरोनाको संक्रमण फैलिईरहेकाले सिमानाकामा निगरानी बढाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको र्सवपक्षिय बैठकले कोरोनाको नयाँ भेरियण्ट बारे जनचेतना जगाउने र स्वास्थ्य सतर्कता अपनाउन सर्वसाधारणहरुलाई आग्रह गर्ने निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दए ।
कोरोनाको जोखिम बढेसँगै कोरोनाको बुस्टर डोज लगाउने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि निर्णय गरिएको छ । सो बैठकमा स्वास्थ्य कार्यालय मोरङ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।