पल शाह एकवर्षपछि काममा फर्किए, मुस्ताङमा छायांकन सुरु गर्दै !

उज्यालो खबर मुख्य खबर

चर्चित अभिनेता पल शाह एकवर्षपछि औपचारिकरुपमा काममा फर्किएका छन् ।

अभिनेता शाह हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु गर्दै काममा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए ।

रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । छायांकनको हिसाबले यो पहिलो म्युजिक भिडियो भएपनि युट्युवमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन पहिलो हुनेछ ।

पलले हालै रुकुम महोत्सवको क्रममा गतवर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *