काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जनाएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङ बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले ७७ वटै जिल्लाका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जानकारी दिए।

फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा मन्त्रालयले ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ। दोस्रो चरणको प्राथमिकतामा परेका सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन मन्त्रालयको आग्रह छ।
प्रवक्ता गौतमले भने, ‘५५ वर्ष पुगेका विद्यालयका शिक्षक, कर्मचारी र अन्य प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउँदैछौ। प्राथमिकतामा परेका सबैलाई खोप लगाउन अनुरोध गर्दछौं’ भनेका छन् ।