हिंसात्मक बन्दै प्रदर्शन इराकमा २० जनाको मृत्यु, राष्ट्रपति भवनमा कब्जा !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो ।

बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा २० जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।

शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले हिंसा अन्त्यका लागि पहल गर्न र नागरिकलाई संयमता अपनाउन आग्रह समेत गरेका छन् । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *