कलाकार संघको उपाध्यक्षमा डीबी बम्जनले गरे उम्मेदवारी घोषणा !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । अभिनेता डीबी बम्जनले चलचित्र कलाकार संघको आसन्न चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार सविन श्रेष्ठको प्यानलबाट आफूले उम्मेदवारी दिन लागेको बम्जनले अनलाइनखबरलाई बताए ।

‘धुँवा यो नशा’बाट अभिनय करिअर थालेका बम्जन नेपाली चलचित्रका चर्चित खलनायक समेत हुन् । नयाँपुस्तालाई नेतृत्व दिएर कलाकार संघलाई अघि बढाउन आग्रह गर्दै उनले देशभरका कलाकारको पेसागत हकहितलाई चुनावी एजेण्डाको रुपमा अघि सारेका छन् ।

आगामी चैत ४ गते हुने कलाकार संघको महाधिवेशनमा युवापुस्ताका उम्मेदवारको प्यानल बनाएर अघि बढ्ने उनले जनाए । ‘कलाकार संघमा अब युवाको नेतृत्व आउनु जरुरी देखिएको छ,’ उनले भने ।

अभिनेता बम्जनले धुँवा यो नशासहित रेलीमाई, हिरो रिटर्न्स, रुमालै छ चिनो, छिरिङ, फिर्केमा अभिनय गरेका छन् । निर्माण हुन लागेको नयाँ फिल्मका उनी निर्माता समेत हुन् ।

नेपाली चलचित्रका कलाकारको छाता संस्था समेत रहेको कलाकार संघको अध्यक्षमा आजै अभिनेता सविन श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

यो खबर अनलाइन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *