बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।

बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो ।

अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *