सर्लाही । मधेश प्रदेशका मिटरव्याज पीडितहरुले काठमाडाैँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्न काठमाडाैँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शन समेत गरेका छन् ।
मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आईपुगेको हो । लालबन्दी आइपुगेका मिटरब्याज पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहट तर्फ लाग्ने अभियानमा हिँडेकाे थियाे ।
मिटरब्याज विरुद्धको सघंर्ष समिती नेपाल बदिवास देखी काठमाण्डौ सम्म मिटरब्याजविरुद्ध पीडितको मार्च पीडक साहु-महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको पैदल यात्रा सुरु गरेको हुन् ।
करिब ४/५वर्ष पहिलादेखि नै काठमाडाैँमा समेत आन्दोलन गर्दा पनि निस्कर्ष ननिस्केको अपस्था छ । साथै तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजीहरुविरुद्ध ठगी मुद्दा चलाउने भनेपछि केही मानिस नियन्त्रणमा परेका छन् । तत्कालीन सरकारका सरोकारवालाहरुले मिटरव्याजी विरुद्ध लाग्ने बताए पनि कुनै ऐन,कानून बनाउनेतर्फ नलागेका कारण समस्या समाधान नभएकाे पीडितहरूकाे आरोप छ ।
उनले मिटरब्याज विरुद्धको संघर्ष समिति करिब २ सातासम्म हिँडेरै काठमाडाैँसम्म पुग्ने र सरकारलाई घचघच्याउने अभियानमा छन् । त्यसपछि काठमाडाैँमै आन्दोलन गर्ने उनीहरूले बताए ।
साहु-महाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरे । त्यहाँ थाकिसक्दा पनि केही नभएपछि संघीय राजधानी काठमाण्डौँ केन्द्रित आन्दोलन गर्ने तयारी गरेका हुन् । मिटरब्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरब्याजी ठगहरुलाई कारबाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको पीडितहरू बताउँछन् । बरु मिटरब्याजी पीडकहरू नै शानका साथ हिडिरहेकाे तर सरकारले उनीहरुलाई पक्राउ गर्न नसकेकाे भन्दै अभियान थालिएकाे हाे ।
तराई-मधेशका साहु-महाजनले कपाली तमसुक बनाई थोरै पैसाको ऋण दिने तर धेरैको कागज बनाउने, ऋण चुक्ता गरिसक्दा पनि अझ धेरैको कागज देखाउने र असुली गरिरहने, भन्नेबित्तिकै पैसा नदिएपछि घरजग्गा नै रोक्का गर्ने, अदालतमा मुद्दा हाल्नेजस्ता अन्याय गर्दै आइरहेका छन् । विभिन्न प्रकारका धाकधम्की लगाउने लगायतका कारण आफुहरु घरमा बस्न सक्ने अवस्था नरहेकाले आन्दोलन मार्फत आफ्ना समस्या सरकारलाइ सुनाउन पैदल यात्रामा निस्केका पीडितहरुको भनाइ छ ।