म्याग्दीको बेनीमा दुई वटा गाडीमा आगजनी !

उज्यालो खबर मुख्य खबर

बेनी : म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रोकेर राखिएका दुई वटा गाडीमा बिहीबार बिहान आगलागी भएको छ। बेनी–दरबाङ सडक छेउमा रोकेर राखिएका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगो लागेको हो। 

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले आगोलागीबाट इको भ्यान र ट्याक्सीमा क्षति पुगेको बताए। बिहान ४ बजे दुई वटै गाडीमा आगोलागी भएको थियो। प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। 

आगोलागीको कारणको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गुरुङले बताए। सवारी साधनमा आगलागी गर्नेको पहिचान भएको छैन। बुधबार साँझ ७२६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको ९८६ नम्बरको इकोभ्यान नालीमा खसेर सामान्य क्षति भएको थियो। 

बिहिबार छलफल गरेर मर्मत गरी लैजाने सहमति गरेर दुई वटै सवारीका धनीले गाडीलाई डम्मरामा राखेका थिए। तर दुई वटै सवारी साधनमा आगोलागी भएपछि घटनालाई रहस्यमय रुपमा हेरिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *