गाँजर औषधीको रुपमा

स्वास्थका कुरा

काँच्चै खाएपनि, पकाएर खाएपनि, अचार बनाएर खाएपनि गाँवर नेपालीमाझ लोकप्रिय छ । यो जति लोकसप्रय छ, स्वास्थ्इका लागि उति नै लाभदायी पनि छ । गाँजर ५ हजार वर्ष अभि फेला परेको विश्वास गरिएको छ भने पहिले गाँजर अहिलेको जस्तो सुन्तला रंगको हुँदैन्थ्यो । पहिला रातो, कालो, पहलेंलो, सेता र बैजनी रंगको हुन्थ्यो । चम्किलो सुन्तला रंगको गाँजर भने मध्यकालमा डचहरुले विकसित गरेको ऐतिहासिक तथ्य छ ।
गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।

रतन्धो हुनबाट बचाउछ :-
गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले खाती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लmुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल कयाटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउँछ । यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।

मुटुको रक्षा गर्छ :-
गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने ततव पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । क्ष्सले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहिकारण हृदयघात हुने सम्भावना पनि रहँदैन ।

क्यान्सर लाग्नबाट बचाउछ :-
गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ ।

रोगप्रतिरोधी क्षमता वृद्धि गर्छ :-
गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेनटले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जसतै काम गर्छ ।

दाँतका लागि लाभदायी :-
यसले खाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलिाये बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादन हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।

शरीर शुद्ध पार्छ :-
गाँजरमा पाइने भिटामिन ए ले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भउको चिललो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई चनाहिने तत्व हटाइ शुद्ध राख्न सहयोग गर्छ ।

बुढोपन रोक्छ :-
यसमा भएको बेटा क्यारोटिनले एन्अिक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैन ।

महिलाको महिनावारीमा लाभदायी :-
गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारी सम्बन्धी अन्य समस्या पनि हटाउछ ।

गर्भधारणको बेला सहयोगी :-
गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्छ र गर्भ तुहिन सम्भावना पछि घट्छ । गाँजरको नियमित सेवनले महिलाको दुध उत्पादनमा सहयोग पुर्याउनुका साथै दुधको गुणस्तरलाई पनि बढाउछ ।

पाचन प्रणालीमा सुधार ल्याउछ :-
गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसँग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ र कब्जियत हटाउछ ।

ब्लड सुगर नियमित गर्छ :-
गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ । यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ । यसमा पाइने पोटासियमले सोडियमको मात्रा धेरै भयो भने हाइपरटेन्सन र उच्च रक्तचाप निम्तने भएकाले सोडियमको मात्रा नियन्त्रमा राख्नु अति आवश्यक हुन्छ ।

छाला चम्किलो पार्छ :-
भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थय र चम्किलो पार्छ । छाला चम्काउन गाँजरको पेष्टमा मह मसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *