शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना !

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी स्वास्थका कुरा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक विमल खड्काले बताउनु भएको छ ।

कोरोना परीक्षणका लागि सोमबार बिहान स्वाब दिइएको थियो । जसमा रिपोर्ट पोजेटिभ आएको हो । रुघा र सामान्य खोकी लागेपछि स्वाब दिइएको बताइएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक खड्काले बताउनुभयो ।

मन्त्री पौडेल आइसोलेसनमा बस्नु भएको बताइएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *