बालेन शाह ‘ध्रुबे हात्ती’ झैँ उत्पात मच्चाउँदै !

उज्यालो खबर मुख्य खबर

सामान्यतः नेताका दुई अनुहार हुन्छन् – ती दुई अनुहार भोट माग्ने बेलामा र भोट पाइ सकेपछि देख्न पाइन्छ । स्थानीय निर्वाचन हुँदै गर्दा एक महानगरका उम्मेदवार आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई बुवा भन्थे ।

चुनाव प्रचारमा जम्काभेट हुँदा अंकमाल गरेर ‘जितको आशिर्वाद दिनू बुवा हजुर’ भन्थे । महिला प्रतिस्पर्धी उम्मेदवारलाई उमेर सुहाउँदा नै गरी ‘आमा’ भन्थे । ‘आमाको सपना पूरा गर्न चुनावको मैदानमा आएको हुँ’ भन्थे । अरुले ढुंगा बर्षाउँदा ती उम्मेदवार जवाफमा फूल फाल्थे । ‘म जन्मनुअघिदेखि राजनीति गरिरहनुभएका देउवा, ओली, प्रचण्डबारे मैले टिप्पणी गर्न सुहाउँछ र ?’ भन्थे ।

त्यस्ता नम्र, शालिन, शान्त, भद्र, सौम्य उम्मेदवारले चुनाव जिते । तर ती शान्त भनिएका मेयर अहिले ‘धू्रबे हात्ती’ झै उत्पात मच्चाउन थाले भन्ने टिप्पणी मानिसहरुको छ । सहरमा अहिले यी मेयरलाई डोजरको पर्यायका रुपमा चित्रण गर्न थालिएको छ ।

यस्ता मेयरलाई कसैले शुभ चिताएर पनि सुझाव दिन हुँदैन, उल्टै सुझाव दिने माथि नै जाइ लाग्छन् । प्रसंग बालेन साहकै हो । एक पटक ‘फुटपाथमा व्यापार गर्नेका लागि कुनै समय तोकेर गरिखान दिनु ठिक हुन्छ’ भन्ने सुझाव डाक्टर बाबुराम भट्टराईले दिए । चुनावको बेला शान्त र भद्र देखिएका बालेनले ओठे जवाफ फर्काउँदै भनिहाले –‘काठमाडौंका घर भत्काउँदा तपाईंले गरिखान दिनुभएको थियो ?’

सुझावमा पनि कटाक्ष गर्ने मेयर शाहको शैली थाहा पाएदेखि डाक्टर भट्टराईले सल्लाह सुझाव दिन नै छाडे । अस्ति राति एक युवाले डोजर लगाउने र भत्काउने काम धेरै भयो, अब सिर्जनाको काम गर्नु प¥यो भनेर फेसबुकमा स्टाटस लेखेछन् । जवाफमा बालेनले भनेछन् ‘तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिनु छैन ।’ फेरि ती युवाले ‘प्रश्न गर्न पनि नपाईने हो ?’ भनेर सोधे । जवाफमा बालेनले भने ‘प्रश्न गर्न पाइन्छ भाइ, तर काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन ।’

केही समय अघि सार्वजनिक कार्यक्रममा मेयर शाह आफैं जिब्रो लरबरिने गरि दारु खाएर बोलिरहेका थिए । मेयर शाहले दारु खाएको भनेर टिकाटिप्पणी भएपछि उनका आसेपासेहरुले ‘दिनभरको धपेडीले आवाज फरक सुनिएको’ भनेर टालटुल गरेका थिए । मेयर शाह यसबीच डोजर र फुटपाथका व्यापारी लखेट्ने मामिलामा निकै आक्रामक देखिए । बाँकी उनका सबैजसो कामले हावा खाइ सकेका छन् ।

निजी रेष्टुरेन्टका शौचालय शार्वजनिक उपयोगका लागि प्रयोग गर्ने कार्यक्रम चैट भयो । कुहिने र नकुहिने फोहोर बर्गिकरण चैट, पूर्वाधार एम्बुलेन्स चैट, मानसिक स्वास्थ्य कार्यक्रम चैट, यातायात व्यवस्थापनको योजना चैट, होर्डिङ बोर्ड हटाउने अभियान चैट, बेसमेन्ट खाली अभियान चैट, टुकुचा मामिला चैट । यी सबै चैट भए । यति हुँदा पनि प्रश्नको जवाफ दिन सार्वजनिक रुपमा उभिदैनन् । अध्याँरो कोठामा बसेर फेसबुके लहडीमा मेयर शाह अल्मलिरहेका छन् ।यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *