स्थानीयले गुलेली हानेपछि रोकियो फोहोर!

उज्यालो खबर मुख्य खबर

काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ।

फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गरेका थिए।

‘बिहान ५०-६० टिपर बाटोमै थिए,’ उनले भने, ‘फोहोर फाल्ने समयमा स्थानीयले अवरोध गरेका थिए। त्यहाँ सुरक्षाको आवश्यक परेको भनेपछि प्रहरी पुगेको हो।’

यस्तै, एसपी पण्डितले बञ्चरेडाँडामा काठमाडौं, धादिङ र नुवाकोटका प्रहरीहरू परिचालन भएको बताए। सबै गरी करिब दुई सय प्रहरी भएको उनले जिकिर गरे।

अहिले फोहोर फाल्ने काम भइरहेको उनले बताए।

‘अहिले अवस्था सामान्य भइसकेको छ,’ उनले भने, ‘अवस्था समान्य भए पनि प्रहरी टोली भने त्यहीँ छ।’     

हिजो (आइतबार) बिहान तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा अज्ञात समूहले करिब ३ ट्रक फोहोर फालेपछि स्थानीयले अवरोध गरेका थिए भने दिउँसो काबेरी गाउँमा फोहोरको गाडीले बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका थिए। यो खबर सेतोपाटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *