१६ वर्षीया किशोरीको गर्भ तुहाउन खोज्दा सामूहिक बलात्कारको घटना सार्बजनिक !

उज्यालो खबर मुख्य खबर

वीरगञ्ज, (पर्सा) । बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ की एक १६ वर्षीया किशोरीको गर्भ तुहाउन खोज्दा सामूहिक बलात्कारको घटना सार्बजनिक भएको छ ।

करिब तीन महिना अघि सोही गाउँपालिकाका २५ वर्षीय दीपक साह र श्यामसुन्दर साहले उनलाई सामूहिक बलात्कार गरी गर्भवती बनाएका थिए । घटनाका बारेमा कसैसँग केही नभन्न ती दुबै युवकले बलात्कृत युवतीलाई धम्की दिएका थिए ।

तर, दुई दिनअघि आफ्नो महिनावारी रोकिएपछि सो बारेमा पीडित किशोरीले आरोपितलाई जानकारी गराउदा आरोपितद्वयले घटना सार्बजनिक नहोस् भन्ने डरले शानिबार राति नै किशोरीलाई जबरजस्ती डा. ओम प्रकाश महत्तोको क्लिनिकमा लगेर गर्भपर्तन गराएका थिए ।

गर्भपतन गराउने बारेमा आफूलाई कुनै जानकारी नै नदिई आफूलाई अचेत अवस्थामा गर्भपतन गराएको र बिहान होसमा आउदा मात्र थाहा पाएको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन् ।

उक्त घटना बारे आफ्ना अभिभावकलाई जानकारी गराएपछि आरोपितद्वय साह र गर्भपतन गराउने डा.महत्तोविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिइएको छ ।

जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रवक्ता एवम डीएसपी राजेश थापाले किटानी जाहेरी परेका आरोपित साहद्वय र चिकित्सक महत्तो फरार रहेको र उनीहरुको खोजी भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *