
नेपालगन्ज – बाँकेको नेपालगंज उपमहानगरपालिका कारकाँदोमा एक युवककाे हत्या गरिएको अवस्थामा शव फेला परेकाे छ।मृतकलाई धारिलो हतियारले टाउकोमा हानेर हत्या गरिएको प्रहरीलेअनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् ।
शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको बुझिन आए ।