श्रीलंकामा आर्थिक संकटकाे कारण औषधी अभाव !

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले बिरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ । अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

दक्षिण एसियाली मुलुक श्रीलंकामामा आर्थिक संकटका कारण केही सातादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ । अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ ।

तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेपनि प्रभावकारी काम हुन सकेको छैन । सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचनासमेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *