बाँकेमा जनता समाजवादी पार्टी, गठबन्धनबाट बाहिरियो !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख २ गते ।
बाँकेका चार स्थानीय तहमा गठबन्धन दलहरूबीचै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी तालमेलको औचित्य नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएको छ ।

स्थानीय तह भागवण्डाका लागि बसेको बैठकमा जसपाले नेपालगञ्ज उपमहानगरपालिकासहित चार स्थानीय तहको नेतृत्व दाबी गरेको थियो ।

उक्त प्रस्ताव गठबन्धन दलहरू कांग्रेस र माओवादी केन्द्रले अस्वीकार गरेपछि जसपा बैठकबाटै बाहिरिएको हो ।

जसपाले नेपालगञ्ज उपमहानगर नछाड्ने अडान राख्दै आएको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्धिन राई स्वयम् नेपालगञ्ज उपमहानगरको मेयरमा उठ्दैछन् ।

बाँकेका चार पालिकामा गठबन्धन दलहरूबीचै प्रतिस्पर्धा हुने भएपछि स्वस्थ प्रतिस्पर्धा गर्नेगरी तालमेल नगर्ने टुंगोमा पुगेको उनी बताउँछन् ।

२०७४ को स्थानीय चुनावमा नरैनापुर गाउँपालिका जसपाले जितेको थियो । डुडुवा र नेपालगञ्जमा कांग्रेससँग मुख्य प्रतिस्पर्धामा रहेको र जानकी गाउँपालिका एमालेले जित्दा कांग्रेस र जसपा क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए ।

त्यस्तै, राप्तीसोनारी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धामा थिए ।‘हामी प्रतिस्पर्धामा रहेका पालिकामा एक्लाएक्लै लडौँ ।

एमालेले जितेका चार पालिकामा गठबन्धन बनाएर लडौँ भन्दा कांग्रेस र माओवादीका साथीहरूले मान्नुभएन’, उनले भने, ‘त्यसैले हामी गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयमा पुग्यौँ ।’

बाँकेमा गठबन्धन दलहरूलाई भागवण्डा मिलाउन असजिलो भइरहेको छ । कांग्रेसले नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा पालिका नछाड्ने अड्डी लिएको छ ।

माओवादी केन्द्र खजुरा, कोहलपुर र राप्तीसोनारी छाड्न नसक्ने भन्दै आएको छ । त्यस्तै, नेकपा एसले बैजनाथ गाउँपालिकामा दाबी गरिरहेको छ ।

यस्तोमा सबैलाई भाग मिलाएर गठबन्धन कायम गर्नु चुनौतीपूर्ण रहेको कांग्रेस सभापति नारायण गौडेल बताउँछन् । ‘कुरा मिल्यो भने धेरै समय लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *