माओवादी केन्द्रका उम्मेदवारप्रति बाँके क्षेत्र नम्बर २(२)मा जनलहर बढ्दै !

उज्यालो खबर मुख्य खबर

बाँके क्षेत्र नं. २ ख प्रदेश क्षेत्रमा रहेका नेपालगंज उपमहानगरपालिकाका वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११,१२,१४,१५ वटै वडामा प्रदेशसभा सदस्यमा उम्मेदवार अकल बहादुर बमको पक्षमा

जनलहर देखिएको छ । चुनावी सभामा जनताको उपस्थिति ठुलो सख्यामा भएको अवस्थालाई चित्रण गर्दै यस्तो दावी गरीएको हाे।

आमसभाको सम्बोधन मार्फत उम्मेदवार अकल बहादुर बमले बाँके क्षेत्र नं. २ ख को विकास र समृद्धिका लागि आफुहरुलाई मतदान गर्न आग्रह समेत गरेको थिए। उम्मेदवार बमले चुनावको बेला झुटो आश्वासन बाँड्ने र भोट किन्ने उम्मेदवारको पछि लाग्नु भनेको आफ्नो भविष्यलाई अध्यारो तर्फ धकेल्नु भएको हुदाँ यस तर्फ नलाग्न आममतदाताहरुलाई

अनुरोध गरेका थिए। बाँकेको क्षेत्र नंम्वर २(२) का प्रदेशसभाका माओवादी केन्द्रकाे तर्फबाट उम्मेदवार अकल बहादुरले समृद्ध क्षेत्र बनाउनका लागि माओवादी केन्द्रका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । चुनावी प्रचार प्रसारमा आईतवार नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा पुगेका बमले चुनावी काेणसभालाई सम्बोधन गदै समृद्ध नेपालगन्ज बनाउन माओवादी केन्द्रका उम्मेदवालाई जिताउन आग्रह गरेका हुन् ।

उनले यस क्षेत्रका विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिदै आवश्यकता अनुसार विकास निर्माणमा स्थानिय वासिन्दाको सुझाव सल्लाह अनुसार विकास निर्माणका कार्यहरु अगाडी बढाउन बताए ।

कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार कालिमिया कस्मिराले समग्र याे प्रदेश २को आर्थिक विकासमा लाग्ने विश्वास दिलाइ । पर्यटकीय क्षेत्र, उच्च शिक्षा, बाटो लगायतका पूर्वाधार विकासका लागि पर्ने उनकोे भनाई थियो ।

माओवादी केन्द्रको घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत आईतवार बाँके क्षेत्र नम्बर २(२) नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८मा बृहत कोण सभा गरिएको थियोे । यो खबर हाम्रो जनादेश मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *