आज विहानैदेखि राई मतदाताको घरदैलोमा, राईप्रति मतदाताको आकर्षण बढ्यो !

उज्यालो खबर मुख्य खबर

जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईप्रति मतदाताहरुको आकर्षण बढेको छ । विकासप्रेमी नेताकारुपमा चिनिएका राईका पक्षमा सबै मतदाताहरु खुल्न थालेका छन् ।

राईलाई जिताएपछि मात्रै आफ्नो गाउँठाउँको विकास हुने भन्दै उनीहरुले राईलाई जिताउन अपिल गर्न थालेका छन् । जनताको हरेक दुःखसुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताएका छन ।

र, त्यसको एकमात्रै आधार भनेको आम मतदाताले देखाएको उत्साह र हौसला नै रहेको उनको भनाइ छ । क्षेत्र नं २ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टीप्रति यो क्षेत्रको मतदाताहरूको अटुट विश्वास र अथाह उत्साह पाइरहेको पनि बताएका छन् । ‘हामी कुनै राजनीतिक दलहरूसँग गठबन्धन गरेर त्यसैको भरमा चुनाव लड्न आइरहेका छैनौं। हामीलाई हामीप्रति नै विश्वास छ ।

हाम्रा मतदाताप्रति विश्वास छ । जनतासँग जो सधैं सँगसँगै हुन्छ, उसले कहिल्यै हार्नुपर्दैन’ उनले भनेका छन् ‘आम मतदाताले म र मेरा अरू साथीहरूप्रति देखाउनुभएको यो प्रेम र स्नेहको गुण मैले यहाँको विकास गरेर तिर्नेछु ।’चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले आफ्नो चुनावी अभियान तीव्र बनाउँदै लगेको छ ।

बिहान सवेरैदेखि राति अबेरसम्म प्रतिनिधिसभाका उम्मेदवार राई, प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायत अन्य समानुपातिक उम्मेदवारहरू तथा जिल्लाका नेता कार्यकर्ताहरू जनताको घरदैलोमा पुगिरहेका छन् । जसपाको चुनाव प्रचार प्रसार समितिका अनुसार बिहानैदेखि चुनाव परिचालन समितिका स्वंयसेवकहरूले घरघरमा पुगेर हरेक मतदातालाई बदर नहुनेगरी मतपत्रमा छाप लगाउन सिकाइरहेका छन् ।

मतदाता शिक्षासँगै उनीहरूले यो क्षेत्रका यसअघि सांसद र मन्त्रि हुँदा उम्मेदवार राईले गरेका विकासनिमार्णका कामहरुको बारेमा पनि स्मरण गराईरहेका छन् । ‘हामी आफैं पनि बिहानैदेखि रातिसम्मै मतदाताकै घरदैलोमा छौं ।

मतदातासँग भोटको अपिल पनि गर्छौं र मत खेर नजाओस् भनेर हामीले मतदाता शिक्षा पनि सँगसँगै दिइरहेका छौं’ राईले भने ‘मतदातासँग प्रत्यक्ष भेट्दा जसपा र हाम्रा उम्मेदवारहरूप्रति हामीले उहाँहरूको अथाह उत्साह पाएका छौं ।

विश्वास पनि गर्नुभएको छ ।’राईले आफूले यसअघि गरेका कामहरूको मूल्याङ्कन यहाँका नागरिकले गरिसकेको र अझै विकासको सम्भावनाका लागि आफूहरूप्रति नै विश्वास व्यक्त गरेको पनि बताए ।

‘अब हामी यो भन्न सक्छौं कि मतदाताको आफ्नो विवेकभन्दा ठूलो चुनावमा अरू हुनैसक्दैन । केही दलहरू मिलेर आफ्नो शान र शक्ति देखाउँदैमा भोट आउँदैन’ राई भन्छन् ‘हामीलाई फेरि पनि मतदाताले विश्वास गर्नुभएको छ । त्यही नै हाम्रो चुनाव जित्ने आत्मविश्वास पनि हो । हामीले कुनै पनि मतदाताको सपना खेर जान दिनेछैनौं । यो खबर अनलाईन खोज खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *