शिक्षकबाट विद्यार्थी निर्घात कुटिए

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी

झापा । झापाको विर्तामोड नगरपालिका–५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षिय अविरल तिम्सिनामाथि निर्घात कुटपिट गरेका हुन् ।

शिक्षक पोखरेलले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा बुधबार कक्षा कोठामा कुटपिट गरेको पीडित तिम्सिनाले बताए। उनका अनुसार शिक्षक पोखरेलले छडीले खुट्टा, ढाँड र गालामा थुप्रै पटक कुटपिट गरेका छन्। कुटाइबाट उनको खुट्टामा नीलडाम बसेका छन्।

कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्नु पर्ने तथा विद्यालयमा यस्ता घटना दोहरिन नदिन अभिभावकहरु माझ कुटपिट गर्ने शिक्षकले माफी माग्नु पर्ने भन्दै पीडित बालकका अभिभावक तथा आफन्त विद्यालयमा पुगेका थिए ।

तर, विद्यालय प्रशासनले घटना लुकाउन हर सम्भव प्रयास गरेको थियो । अभिभावक समक्ष विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले मिल्न दबाब दिएका थिए पीडित बालकका आफन्त पारस न्यौपानेले भने, घटनालाई सञ्चारकर्मीमाझ नपुर्याउन अनुरोध गर्दै आएका थिए ।

तर पीडित बालकका आफन्त न्यौपानेले केहि सञ्चारकर्मीलाई खबर गरेपछि घटनाका बिषयमा बुझ्न आज दिउँसो विद्यालय जाँदा छलफल चलीरहेको थियो । सञ्चारकर्मी पुगेको थाहा पाएपछि मात्र विद्यालयका प्रध्यानाध्यापक श्रेष्ठले घटनाका बिषयमा छलफल गरेका थिए ।

घटना बाहिरिएसँगै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुनः रोजगार नमिल्ने गरी हटाइएको जानकारी दिएका छन् ।

स्थानीय जनप्रतिनिधि, अभिभावकसहित भएको छलफलमा विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालय प्रशासनले व्यहोर्ने, कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्ने, विद्यालयमा यस्ता घटना दोहरिन नदिन अभिभावक र शिक्षकबीच पाक्षिक रूपमा गर्ने लगायतको सहमति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *