तिला गाउँपालिका जुम्लामा आगलागी हुँदा चार बालबालिकाको ज्यान गयाे !

उज्यालो खबर मुख्य खबर

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएकाे छ । 

तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उहाँका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाकाे जलेर ज्यान गएकाे हाे । 

आगलागीमा परि १४ वर्षीया तुलासा सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयाे ।  

मानसिंह नेपाली र उहाँकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली आगलागीका कारण बेहोस भएका र उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएकाे छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयकाे सहयाेगमा गएराति नै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *