राप्रपाले दियो नेपालगन्जको मेयर र उपमेयरमा, बैश्य र चर्तिमगर लाई !

उज्यालो खबर मुख्य खबर हेलो स्थानीय सरकार

नेपालगन्ज : राप्रपाले शुक्रबार नेपालगन्ज उप–महानगरपालिकाको मेयर र उप–मेयर उम्मेदवारीको टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि राप्रपाले मेयरमा नन्दलाल बैश्य र उप–मेयरमा बिन्दु चर्तिमगरलाई दिएको हो ।

मेयरका उम्मेदवार बैश्य बिहीबार मात्रै माओवादी परित्याग गरी राप्रमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादीबाट चुनाव लड्दै नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष बनेका वैश्य यसपटकको स्थानीय विर्नाचनमा नेपालगन्जको मेयरमा दाबेदारका रुपमा देखिएका थिए । तर सत्ता गठबन्धन दलहरुबिच मिलेर चुनावमा प्रतिस्पर्धा गर्ने रणनिति बनेपछि उनी राप्रपामा प्रवेश गरेका हुन् ।

चर्तिमगर भने लामो समयदेखि राप्रपाको क्रियासिल सदस्य हुन् । स्थानीय चुनावको मिति तय भएसँगै राप्रपाबाट उप–मेयरका लागि चर्तिमगरको चर्चा चुलिएको थियो भने विभिन्न मिडियामा पनि चर्तिमगरको समाचार प्रकाशन भएको थिए ।

२०६२ देखि राप्रपाको पार्टी राजनीतिमा होमिएकी युवा नेतृ चर्ती मगर साबिक वडा नम्बर ८ हाल वडा नम्बर २० को राप्रपाको बुथ सचिव हुँदै महिला संगठनको अध्यक्ष समेत बनिसकेकी छिन् । उनी राप्रपा बाँकेको बर्तमान उपाध्यक्ष समेत हुन् ।

राजनीतिक पृष्ठभूमिबाट आएकी उनी नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचित सदस्य, लायन्स क्लब अफ नेपालगञ्ज युनिटीको संस्थापक अध्यक्ष समेत हुन् ।

युवा नेतृ चर्ती मगर रेडक्रस गनापुरको उपशाखा सचिव लगायत अन्य संघसंस्थामा आवद्ध हुँदै विभिन्न सामाजिक कार्यमा समेत अग्रपंक्तिमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *