सेमिफाइनल बराबरी भए पुग्ने, श्रीलंकासँग भिड्दै नेपाल !

उज्यालो खबर मुख्य खबर

काठमाडौंको दशरथ रंशगालामा जारी साफ महिला च्याम्पियनसिपमा आज नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ।

पहिलो खेलमा भुटानमाथि ४-० गोलको जित निकालेको नेपालले आज साँझ ५:३० मा श्रीलंकासँग खेल्न लागेको हो। 

समूह ‘बी’ मा नेपाल ३ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको भुटानको २ खेलबाट ३ अंक नै छ। भुटानसँग ५-० गोलले पराजित भएको श्रीलंका अंकबिहीन छ। 

नेपाललाई अन्तिम चारमा पुग्न बराबरी भए पुग्छ। बराबरीले पनि नेपाल समूह विजेता हुनेछ। 

समूह विजेता भएर अन्तिम चारमा पुगे नेपालले आगामी शुक्रबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। 

समूह ‘ए’ मा भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। समूह उपविजेतासँग नेपालले सेमिफाइनलमा खेल्ने सम्भावना छ।

महिला साफको यसअघिका पाँच संस्करणकै उपाधि जितेको भारत बलियो दाबेदार हो। 

नेपाल भने चार पटक फाइनल पुगेर पनि उपाधिबाट बिमुख भएको थियो। नेपालले यसपटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको छ।

यता सुरुवाती दुई खेलमा उत्कृष्ट खेल देखाएको बंगलादेशले पनि नेपाललाई चुनौती दिन सक्छ। भारतले समूह विजेता भएको अवस्थामा नेपालले बंगलादेशसँग सेमिफाइनलमा भिड्ने पर्ने सम्भावना छ। यो खबर सेतोपटी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *