नेपालगन्जको जमुनाह नाकामा सुरक्षा प्रमुखहरु द्धारा अनुगमन

मुख्य खबर

जावेद अन्सारी
बाँके पुस २७ गते ।
नेपालगन्जको जमुनाह नाकाको आज जिल्लाको सुरक्षा प्रमुखसहितको टोलीले अनुगमन गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जिल्ला प्रहरीका एसपी श्याम कृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेल, कोरोना फोकल पर्सन तेज वली, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सरी, महासचिव चिरञ्जीवि ओली र नेपालगञ्ज उपमहानगरपालिका कि उप प्रमुख उमाथापा मगरसहितको टोलीले अनुगमन गरेको हो ।

कोरोना प्रभावित भारतबाट नेपालीहरु फर्किनेक्रम बढेको छ । ओमिक्रोन भाइरसको जोखिम बढेकाले नाकालाई व्यवस्थित गर्ने सवालमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट फर्किने सबैलाई एन्टिजेन परीक्षण गर्ने गरिएको छ। संक्रमण पुष्टि भएकालाई एम्बुलेन्समार्फत बालमन्दिर आइसोलेसनमा राख्ने गरिएको छ ।

जिल्लाका संक्रमितलाई पालिकाको समन्वयमा त्यही पठाउने गरिएको छ। भने जिल्ला बाहिरका संक्रमितलाई समन्वयमा त्यही पठाउने गरिएको छ ।

कोरोना नियन्त्रण र जोखिम व्यवस्थापनका सवालमा स्थानीय प्रशासनले प्रभावकारी ढंगबाट काम गरिरहेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ । यो खबर अनलाईन खोजखबर डट कम मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *