लागू औषध ब्राउन सुगरसहित नेपालगन्जको जमुनाह नाकाबाट २ जना पक्राउ

उज्यालो खबर मुख्य खबर

गएराती दुई जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित
नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ परेका छ्न ।

घोराही उपमहानगरपालिका-१३ दाङका ३६ बर्षका अरुण रोकामगर र तिलोतमा नगरपालिका-७ रुपन्देहीका २२ बर्षका सिद्धार्थ पाण्डेलाई पक्राउ गरिएको जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर बिष्टले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज बिष्ट र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

१६ ग्राम ब्राउन सुगरसहित राती १० बजेतिर उनिहरु पक्राउ परेका बिष्टले जानकारी दिनुभयो । भारतबाट फर्कदै गरेका उनिहरुको नाकामा शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्दा लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

उनिहरुलाई रातीनै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनिहरुमाथी थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

नेपालगन्ज लागु औषध कारोवारी र प्रयोगकर्ताहरुको लागि ट्रान्जीट प्वाइन्टकारुपमा परिचित रहेको छ । त्यही भएर प्रहरीले पनि निगरानी बढाएको छ । बिष्टले नाकामा कमान्ड सम्हालेपछी नाकामा ठूलो परिणामको लागू औंषधसहित कारोबारीहरु धमाधम पक्राउ पर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *