काठमाडौं । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना चालकलाई पक्राउ गरेको छ । १८३ किलो गाँजासहित जिल्ला मकवानपुर थाहा नगरपालिका–२ का ३० वर्षीय चालक रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको विशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको सयुक्त टोटीले जिल्ला मकवानपुर भिमफेदी गाउपालिका–२ भैंसेस्थित प्रहरी चेक पोष्टबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।
मकवानपुर प्रमुख गुरूङका अनुसार सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२२ च ३५५६ नं. को पिकअप गाडीमा लुकाई छिपाई ल्याइएको लागूऔषध गाँजा १८३ किलो फेला पारिएको हो ।
सिंतानलाई उक्त लागूऔषध गाँजा र गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए । यो खबर News24 म छ ।