२७ मंसिर, । केलिएन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मने (पीएसजी)ले फ्रेन्च लिग वानमा आइतबार राति मोनाकोलाई २-० ले पराजित गरेको छ ।
घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी टाइममा लिओनल मेस्सीको पासमा दोस्रो गोल गरेका थिए ।
यससँगै एम्बाप्पेले फ्रेन्च लिग वानमा पीएसजीका लागि आफ्नो एक सयौँ गोल पूरा गरेका छन् ।
जितपछि लिग लिडर पीएसजीको १८ खेलबाट ४५ अंक जोडेको छ । जुन दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले बढी हो ।