नेपालगन्ज ः टकसार रियल स्टेट प्रा.ली.ले शुक्रबार सोल्टिहोटल नेपालगन्जमा आफ्नो प्रथम वार्षिक साधारण सभा गरेको छ । स्थापना भएको १० मानै साधारण सभा गरेको छ ।
कार्यक्रमको अध्यक्षतामा अईश्वरप्रसाद पोखरेल यस्तै प्रमुख अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक सुमन गौतम र विशिष्ठ अतिथिका रुपमा नेपालगन्ज दैनिकका सम्पादन झलक गैरे रहेका थिए भने अथितिहरुमा बिभिन्न शैक्षिक एवम व्यवसायी क्षेत्रका व्यक्तिहरु रहेका थिए ।

कार्यक्रममा उपस्थित अतिथिले कोभिडको असरका बिचपनि टकसारले आफ्नो व्यापार व्यवसायलाई विस्तार गर्न सकेको बताए । उनीहरुले रियल स्टेटका क्षेत्रमा टकसारले छोटो समयमा आफ्नो व्यापारलाई उच्च स्थानमा राख्न सफल भएको बताए । साथै त्यसैगरी टकसारले छोटो समयमा राम्रो नाफा आर्जन गर्न सकेको अतिथिहरुले बताएका छन् ।
कार्यक्रममा टकसार रियल स्टेट प्रा.ली.का अध्यक्ष अईश्वर प्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । पोखरेलले संस्थाका विभिन्न योजनाका कूल प्रक्षेपित परियोजना मुनाफा, बाँकी मौज्दात जग्गा विवरणका बारेमा जानकारी दिएका थिए ।
संस्थाका सचिव महेश्वर जोशीले संस्थाले गरेको प्रगतिमा सबैको ठूलो योगदान रहेको बताए । उनले हरेक क्रियाकलापमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कम्पनीका हीतमा सबैको सोच रहेको बताए ।

टकसार रियल स्टेट प्रा.ली मा विभिन्न उपसमिति रहेको सचिव जोशीले बताए । उनले आर्थिक, खरिद, निर्माण, बजार प्रवद्र्धनजस्ता उपसमिति रहेको र सबैले आफ्नो–आफ्नो क्षेत्रमा काम गर्ने बताए । छोटो समयमानै व्यापारलाई उच्च स्थानमा राख्न सफल भएको छ । कार्यक्रममा टकसार रियल स्टेट प्रा.ली का सदस्य एवम् बिभिन्न व्यक्तिहरु समेत उपस्थित थिए भने कार्यक्रम सोल्टि होटलमा सम्पन्न भएको थियो ।