कैलालीमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

उज्यालो खबर मुख्य खबर

कैलालीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

घाेडाघाेडी १ का करिब २० वर्षीय रुद्र बोहराकाे मृत्यु भएको छ। अरू तीन जना गम्भीर घाइते भएका छन्।

घोडाघोडी नगरपालिका १ बेलकोटामा से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको थियो।

घाइते हुनेमा सोही ठाउँका करिब ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको जिल्ला प्रहरी कार्यलय कैलाली जनाएको छ।घाइतेमध्ये दुई जनालाई मेडिकल कलेज पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *