विवाह भोजमा धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ !

उज्यालो खबर मुख्य खबर

बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बाराको फेटा गाउँपालिका–१ भलुही टोल बस्ने २० वर्षीय सुरज दासलाई पक्राउ गरेको हो। उनले सोही स्थानका रामविद्या महतोको घरमा विवाहको भोज खाइरहेको अवस्थामा २२ वर्षीय राजकरण दासको टाउकोमा हतियार प्रहार गरेका थिए।

बाराको विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।  सुरजले फागुन २८ गते स्थानीय रामविद्या महतोको घरमा बिवाह भोज चलिरहँदा राजकरणको टाउकोमा पछाडीबाट फलामको धारिलो कैचीले प्रहार गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका सुरजलाई ज्यान मार्ने उद्योगमा अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *