भ्याक्सिनले नयाँ भेरियन्टलाई रोक्न नसक्ने डा.जागेश्वर गौतम भनाइ

मुख्य खबर स्वास्थका कुरा

काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता तथा प्रोफेसर डा.जागेश्वर गौतमले नयाँ भेरिएन्टलाई रोक्न नसकिने भन्दै सचेत हुन आग्रह गरेका छन् । दक्षिण अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिडको नयाँ भेरिएण्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको भन्दै उनले जनस्वास्थ्यमा मापदण्डलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन् ।उनले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नया भेरिएण्टलाइ भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै बिकल्प छैन, आफू बचौ र अरुलाइ पनि बचाऔ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *