माध्यमिक शिक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो। गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने हुन्छ। ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले […]

Continue Reading

बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।

बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्। केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्। विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका थिए। केही प्रहरी पनि त्यहाँ उपस्थित थिए। यो दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडिओमा बौद्ध […]

Continue Reading

पत्रकार खेम भण्डारीले रवि लामिछानेसँग चुनाव लड्ने घोषणा गरे !

१२ साउन, धनगढी । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो Û नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि […]

Continue Reading

साझा सवालमा देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा जाँदै !

पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल संसदीय चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका छन्। उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेको  उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। […]

Continue Reading

विषालु जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी !

विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्। बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले […]

Continue Reading

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन प्रतिवेदन तयार पार्दै संसदीय समिति !

११ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्दैछ । समितिका सभापति लक्षमणलाल कर्णले हालसम्मको अध्ययन अनुसन्धानको विश्लेषण गरेर आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने बताए । समितिका सचिव सुरेन्द्र अर्यालले समितिले बुझ्नुपर्ने विषय बुझिसकेकाले आज थप छलफल गर्ने र प्रतिवेदन लेख्न थाल्ने […]

Continue Reading

एसईईको नतिजा साउन ११ गते सार्वजनिक गरिने !

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक अर्जुन रायमाझीले उक्त जानकारी दिएका हुन् । यसअघि नै कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने भनेको थियो तर पटक–पटक नतिजा सारिएको थियो । परीक्षा नियन्त्रक रायमाझीका अनुसार एसईईको नतिजा भोलि प्रकाशित हुने पक्का भएको छ । ०७८ […]

Continue Reading

धरानका मेयर हर्क साम्पाङको समेत स्वर रहेको हाइकिङ गीत सार्वजनिक !

धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको छ।  सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए  भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडिओ […]

Continue Reading

प्रधानमन्त्री देउवालाई ‘राष्ट्रघाती’ भन्दै युवाले देखाए प्लेकार्ड !

९ साउन २०७९ काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रघात गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । राजधानीमा आयोजित एक कार्यक्रममै प्रधानमन्त्री शेरबहादुर देउवामाथि एमसीसीको मतियार बनेको र नागरिकतामा देशमाथि घात गरेको भन्दै एक युवाले प्लेकार्डसहित विरोध जनाएका छन् । भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवाले प्लेकार्ड देखाएका छन । नागरिकता […]

Continue Reading

पुरुष तथा महिला भलिबल प्रतियोगिताको सुदूरपश्चिम र बानालाई उपाधि !

काठमाडौं, ८ साउन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् । फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु […]

Continue Reading