नेपालमा बढ्दै छ कोरोना,पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना पुष्टि !

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]

Continue Reading

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि बर्दियाको राजापुर टीकापुर र अन्य गाउँ जोखिममा !

कैलाली । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण […]

Continue Reading

काठमाडौं राजधानी बाटोमा भएको फोहोर, सफा हुन एक हप्ता लाग्ने !

काठमाडौं । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको थियो। त्यति बेला वर्षाको कारण करिब १० दिन जति फोहोर उठ्न सकेन। पछिल्लो समय फोहोर नफ्याँक्न गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौं महानगरपालिकाले बाटोको फोहोर नउठाई घरबाट निस्केको फोहोर […]

Continue Reading

मेलम्ची,बलेफी क्षेत्रमा जोखिम, सतर्कता अपनाउन आग्रह!

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ। यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ। बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता […]

Continue Reading

काठमाडौं फोहोरले अस्तव्यस्त र दुर्गन्धित !

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिका फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरको चोक चोकमा फोहोरको थुप्रोले सडक र फुटपाथ अस्तव्यस्त भएका छन् । देशकै ठूलो प्रशासनिक सचिवालय सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर लागेको छ । काठमाडौंको फोहोर साउन ४ गतेबाट एकैचोटी हिजो १९गतेबाट मात्रै नियमित रुपमा उठ्न थालेको महानगरले जनाएको छ । काठमाडौं […]

Continue Reading

हिजो मात्र भारतमा २४ घण्टाको अवधि भित्र कोरोना सङ्क्रमणबाट ७० जनाको मृत्यु

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ५५१ पुगेको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४१ लाख ७ हजार पाँच सय ८८ पुगेको छ […]

Continue Reading

दक्षिण कोरियाको इचेनस्थित अस्पतालमा आगलागी भएर ५ जनाको मृत्यु, ३७ घाइते !

एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र […]

Continue Reading

अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा आखिर किन ?

एजेन्सी । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई […]

Continue Reading

कोरोना संक्रमण बाट  साउनमा मात्रै १७ जना को मृत्यु !

काठमाडौं । नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । १ […]

Continue Reading

भारतमा “प्रेम गीत ३” को पोष्टरले विभिन्न शहर रंगिए !

नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् । नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेकाे प्रेम गीत ३ का निर्देशक सन्तोष सेनको दाबी छ । उनी अब […]

Continue Reading