कोरोना संक्रमण बाट  साउनमा मात्रै १७ जना को मृत्यु !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ ।

पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । १ साउनयता मात्रै १७ संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

तीमध्ये ६ जनाले खोप लगाएका थिएनन् भने अर्का एकले ‘एक डोज’ मात्र लिएको पाइएको छ ।

एउटा मात्रै खोप लगाएकोमा क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट ग्रस्त थिए । अहिले संक्रमणका कारण स्वास्थ्य जटिलता भएर सघन उपचार गराउनेको संख्यासमेत बढ्दै गएको छ ।

सघन उपचार पाइरहेकामध्ये धेरैजसो दीर्घरोगी रहेको चिकित्सकले बताएका छन् । यो खबर आजको राजधानी दैनिकमा छ ।यो खबर न्युज२४ मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *