शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन !

३० असोज, काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले अनलाइनखबरसँग भने […]

Continue Reading

वैशाख १३ गतेदेखि सरकारले यी वस्तुमा प्रतिबन्ध लगाउँदै आएको छ।

मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ।  शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।  विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको थियो।  सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन […]

Continue Reading

पोखरामा आज खेलकुद कुम्भमेलाको उद्घाटन !

पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ। नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.३० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नेछन्। उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आएका छन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसक्नुभएको छ। सबै खेलका लागि खेलाडी तथा […]

Continue Reading

मेयर हर्क साम्पाङविरुद्ध धरान नगरबासी सडकमा !

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ) विरुद्द नगरबासी सडकमा उत्रिएका छन्। धरान ४, १३ र १४ का सर्वसाधारणले बिहीबार मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका छन्।  मेयर राईले धरान- ४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि त्यसको प्रतिकारमा तीनवटा वाडका बासिन्दा उत्रिएका हुन्। मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ […]

Continue Reading

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा !

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार […]

Continue Reading

नेपाली सेनाले २० वर्ष पुराना गाडीलाई कसरी गर्छ विद्युतीयमा परिणत ?

नेपाली सेनाले बीस वर्षभन्दा पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिणत गर्न थालेको छ। सेनाले प्रयोग गरिरहेका र च्यासिसका साथै अन्य पाटपुर्जा राम्रै अवस्थामा भएका २० वर्ष पुराना पेट्रोल/डिजेल गाडीहरू विद्युतीय बनाएको हो। हालसम्म तीनवटा जीप र एउटा बस गरेर चारवटा सवारी विद्युतीय बनाइसकेको नेपाली सेनाका इलेक्ट्रोनिक एन्ड मेकानिकल इञ्जिनियर (इएमई) शाखा, भद्रकालीका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले जानकारी दिए। उनका अनुसार […]

Continue Reading

घरमा ब्राउन सुगर लुकाएर राखेको दुई जना पक्राउ !

घरमा लुकाएर राखेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको पथरीशनिश्चरेबाट दुई जनालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।  पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय सन्तोष लिम्बूले घरमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घर खानतलासी गर्दा कोठामा झोलाभित्र लुकाएर राखेको छ सय मिलिग्राम ब्राउन सुगर […]

Continue Reading

अलपत्र परेका ८२ जनालाई हेलिकप्टरबाट उद्धार !

मनाङबाट आन्तरिक तथा बाह्य पर्यटक गरी ८२  जनाको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उनले बताए। ७३ बाह्य पर्यटक र […]

Continue Reading

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी देशभर कति जनाले दिए उम्मेदवारी ?

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि असोज २३ मा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो। निर्वाचन आयोगका अनुसार देशभरका मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूको सबै विवरण प्राप्त भइसकेको छ। प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले उम्मेदवारी दर्ता […]

Continue Reading

खेलकुद मन्त्री अथकले गराए बाँके १ बाट उम्मेदवारी दर्ता !

नेपालगन्ज । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको संसदीय निर्वाचनमा अथक सोही निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए । […]

Continue Reading