घरमा ब्राउन सुगर लुकाएर राखेको दुई जना पक्राउ !

उज्यालो खबर मुख्य खबर

घरमा लुकाएर राखेको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको पथरीशनिश्चरेबाट दुई जनालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। 

पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय सन्तोष लिम्बूले घरमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घर खानतलासी गर्दा कोठामा झोलाभित्र लुकाएर राखेको छ सय मिलिग्राम ब्राउन सुगर र नगद ३२ हजार ४ सय रूपैयाँ बरामद भएको छ। 

घरमा लुकाएर ब्राउन सुगर राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीको टोलीले सन्तोषको घरमा छापा हानेको थियो। ब्राउन सुगर बरामद भएपछि सन्तोषसहित पथरीशनिश्चरे–९ का २९ वर्षीय सुनील लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। यो खबर अन्नपूर्ण मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *