प्रधानमन्त्री चडेको हेलिकप्टरको आकाशमै इन्धन सकिएपछि भैरहवामा अवतरण !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढी तय भएको थियो ।

दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हेलिकप्टर चढेर धनगढी उडेका थिए । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।

देशको प्रमुख कार्यकारीको सवारमा समेत यतिसम्मको हेलचेक्याइ हुन अस्वभाविक हो ।

सामान्यतया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको व्यवस्था नगरि उडान भर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपना पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *