महानगरपालिकाका मेयर बालेन भन्छन्- ९ वटा ब्रुमरले सडक सफा गर्दैछौं !

उज्यालो खबर मुख्य खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्।

सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।

आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए।

‘सानातिना मर्मत लगायतका काम  पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।’

उनकाअनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताए।

‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *