राष्ट्रिय अनुसन्धान सहायक सूचक थापाको हत्याआरोपीहरु पक्राऊमा

मुख्य खबर

नेपालगंज उप-महानगरपालिका वडा नं.१८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको हुदा मृतक सो क्षेत्रमा सुचना संकलनको लागी साथी कर्कि भन्ने दिनेश कुमार कुर्मि संग गएको । मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि साथी रहेको । अभियुक्तहरु सवै जना गाँजा खाने साथीहरु रहेको । मिति २०७७/१०/०१ गते दिउसो बजार घुम्दै साँझ अं.६ः०० बजे तिर अभियुक्त ६ जना गाँजा खान भनि ने.ग.१८ लग्दहवा स्थित आँप बगियामा गएको । मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि समेत सोही बगियामा मोटरसाईकल रोकी अं.१०० मिटर टाढा नजिकैको बगियामा रहेको । घटनास्थलमा कर्कि भन्ने दिनेश कुमार कुर्मिले प्रयोग गर्ने १ जोर (फिस) चप्पल बरामद गरि अनुसन्धान सुरु भएको । कार्यालयले Dog Sniffing को क्रममा घटनास्थल देखी अं.२०० मिटर उत्तर तर्फ आँप बगियमा मृतकले प्रयोगको भे ३ प ६१५ नं. सुपरस्प्लेण्डर मोटरसाईकल फेला परेको । बगैचामा जम्मा भई गाँजा सेवन गरि सके पछी घर तिर जाने क्रममा अभियुक्तहरु ६ जना मध्ये विवेक परियारले मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मिको मो.सा.मा रहेको हेलमेट राम्रो लागी फोटो खिची उठाई लिई गएको ।
सो कुरा मृतकले देखे पछी मृतक र कर्कि भन्ने दिनेश कुमार कर्मी निजहरुको पिछा गर्दै हेलमेट फिर्ता देउ भाई भन्दै घटनास्थल सम्म पुगेको ।
मिति २०७७/१०/०५ गते कर्कि भन्ने दिनेश कुमार कुर्मिको भे ८ प २००७ नं. होण्डासाईन मोटरसाईकल बरामद भएको ।
मृतक घटनास्थल पुग्नु अगावै कर्कि भन्ने दिनेश कुमार कुर्मि वाहेक अन्य ६ जना अभियक्तुहरुले सो नजिक रहेको तारवारमा रहेको दउराको चिरपट हातहातमा समाती मृतकलाई प्रहार गर्ने योजनामा रहेका । मृतक घटनास्थल पुग्ने वितिकै मृतक र अभियुक्त विच हेलमेट माग्ने क्रममा विवाद भई अभियुक्तहरु ( निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क., सुशान्त भण्डारी र सुवास थापा) ले मृतक लाई आफुहरुले हातमा लिएको चिरपट दाउराले मृतकको टाउको, निधारको भाग, खुट्टाको घुडा, नली, शरिरको भागमा सवै जनाले दाउराको चिरपटले पटक-पटक प्रहार गरि मृतक भुईमा ढलेपछि मृतकको शरिर चेकजाँच गरी साथमा रहेको Samsung मोबाईल भुन्टु भन्ने सुवास थापाले लिएको, सादा Keypad मोवाईल बांगे भन्ने सुमित वि.क.ले लिएको । मृतकका साथी कर्कि भन्ने दिनेश कुमार कुर्मिले तत्काल मृतक लाई वचाउने तर्फ कुनै प्रतिकार नगरेको, घटना पश्चात भागेको र सो बारेमा मृतकका घर परिवार तथा प्रहरी प्रशासनमा समेत जानकारी नगराएको ।
मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मीको हेलमेट विवेक परियारले आफ्नो घर लिई गएको । पक्राउ पर्छु भनि भोलि पल्ट विहानै हेलमेट आगोमा जलाई नष्ट बनाएको । अनुसन्धान खोजतलास गर्दै जाँदा अभियुक्तहरु मध्येको सुवास थापा लाई मिति २०७७/१०/१३ गते ने.गं. २ घरवारी टोलबाट मृतकको मोबाईल साथ नियन्त्रणमा लिईएको । घटना पश्चात फरार रहेका बिबेक परियारलाई मिति २०७७/१०/१५ गते भक्तपुर चागुनारायण तथाली बाट नियन्त्रणमा लिईएको । सुमित बि.क. र सुशान्त भन्डारीलाई सोही दिन मिति २०७७/१०/१५ गते नेपालगंज बसपार्क नजिक समावेसी स्कुल नजिक बाट नियन्त्रणमा लिईएको । मिति २०७७/१०/१६ गते मृतकको सादा Keypad मोवाईल बांगे भन्ने सुमित वि.क.को घर बाट बरामद भएको । तेज मगर र निश्चल गुरूङ दाङ, सुर्खेत हुदै धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको स्थानमा मिति २०७७/१०/१७ गते कैलालीबाट पक्राउ गरिएको । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

पक्राउ परेको व्यक्तिहरूको विवरण
१) नामथरः दिनेश कुमार कुर्मि (बर्मा)
उपनाम : कर्कि
उमेरः २४ बर्ष
ठेगाना : जि.बाँके ने.ग.उ.म.न.पा. वडा नं. १८ लग्दहवा
पेशा : मजदुरी
पक्राउ मितिरस्थान : मिति२०७७/१०/०२ गते १८ः०० बजे नेपालगंज १८
२) नामथरः निश्चल गुरूङ
उमेरः १९ बर्ष
ठेगाना : जि. सुर्खेत गुर्भाकोट न.पा. १४ गुमि हाल जि.बाँके, ने.ग.उ.म.न.पा. वडा नं. १८ लग्दहवा
पेशा ः मजदुरी
पक्राउ मिति स्थान: मिति२०७७/१०/१७ गते १४ः३० बजे जि. कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क बाट
३) नामथर: तेज मगर भन्ने तेज बहादुर बि.एम.
ठेगाना : जिल्ला जाजरकोट जुनिचाँदे गा.पा.७ दह (हाल ने.गं. ४ बसपार्क डेरा लिई बस्ने)
उमेर: २१ बर्ष
पेशा: ज्याला मजदुरी
पक्राउ मितिरस्थानः मिति२०७७/१०/१७ गते १४ः३० बजे जि.कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क बाट
४) नाम थरः परिवर्तित नाम
उमेरः १७ बर्ष
ठेगानाः जि.बाँके नेपालगंज उ.म.न.पा वडा नं. ६, फुलटेक्रा बस्ने

पेशाः विधार्थी
पक्राउ मिति र स्थानः २०७७/१०/१५ गते १० बजे भक्तपुर, चागुनारायण वडा नं. ९, ताथली
५) नाम थरः परिवर्तित नाम उमेरः १६ बर्ष
ठेगानाः जि.बाँके ने गं ५ बसपार्क
पेशाः विधार्थी
पक्राउ मितिर स्थानः २०७७/१०/१५ गते १६ः३०बजे, नेपालगंज ४ बाईपास
६) नाम थरः परिवर्तित नाम उमेरः १७ बर्ष
ठेगानाः जि.बाँके राप्ती सोनारी गा.पा. वडा नं.१, कुसुम (हाल नेपालगंज वडा नं. ४ गणेशपुर)
पेशाः विधार्थी
पक्राउ मितिर स्थानः २०७७/१०/१५ गते १६ः३०बजे नेपालगंज ४ बाईपास

(७) नामथर: परिवर्तित नाम उपनाम: भुन्टु

उमेर: १६ बर्ष
ठेगानाः जि.सुर्खेत बिरेन्द्रनगर न.पा. १० हाल बाके ने.गं. २ घरबारीटोल
पेशा: ज्याला मजदुरी
पक्राउ मिति: मिति२०७७/१०/१३ गते १४ः३० बजे जि.बाँके ने.ग. २ घरबारी टोल

बरामद सामान:

मृतकको मोवाईल थान दुई (२)
घटनामा प्रयोग भएको चिरपट (पट्टा) थान चार (४)
हेलमेट जलाएको अवस्थामा रहेको सानो टुक्रा
कानुनी ब्यबस्थाः मुलुकी अपराध संहित ऐन २०७४ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैद । (साभार : दस्तावेजडटकमबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *