यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ- पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन।
‘बाहुबली’ पछि सबभन्दा धेरै चर्चा पाउने दक्षिण भारतीय फिल्म यही हो।
अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो फिल्मले भारतमा अक्षय कुमारको ‘सूर्यवंशी’ र हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’ लाई कमाइका मामिलामा पछाडि पारिसकेको छ।
यसले २७ औं दिनसम्म सबै भाषामा गरी ३ सय २५ करोड भारूभन्दा बढी कमाइसकेको इन्डिया टुडेले जनाएको छ। टुडेका अनुसार एक महिना हुन लाग्दा पनि यसले कमाउन छाडेको छैन।
त्यस्तै उनले निकै महँगा सामानहरू पनि किनेका छन्।
जिक्यु इन्डियाका अनुसार उनीसँग ७५ लाख भारूभन्दा बढी पर्न हमर एचटु गाडी छ। यसबाहेक फाल्कन ब्रान्डको ७ करोड भारू पर्ने भ्यानिटी भ्यान पनि उनीसँग छ।
‘पुष्पा’को सफलतासँगै अल्लुको पारिश्रमिक बढ्ने अनुमान पनि गरिएको छ।
कोरोना महामारीका कारण अहिले भारत र अन्य देशमा फिल्म हल बन्द भएका छन्। रिलिज मिति घोषणा गरिसकेका फिल्म पनि रोकिएका छन्।
यस्तोमा सही समयमा ‘पुष्पा’ रिलिज हुँदा फिल्म निर्माण टोली र अल्लु अर्जुन दुवै पक्षलाई फाइदा भएको छ। यो खबर सेतोपटी म छ ।