काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले शुक्रबार सोसल मिडिया फेसबूकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि निर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको पनि पोखरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेशनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्र स्थगित गरियो ।’
त्यसोत, केही दिन अगाडि मात्रै पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले अध्यक्ष दाहालपनि सेल्फ आइसोलेट भएका छन् ।