काठमाडौं उपत्यकामा संक्रमितको संख्या १०८११ पुग्यो, २६०७ नयाँ संक्रमित थपिए

उज्यालो खबर मुख्य खबर स्वास्थका कुरा

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार ८७ जना नयाँ संक्रमितमध्ये २ हजार ६०७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३ जना, भक्तपुरमा ३ सय १७ जना र ललितपुरमा ३ सय ७७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितहरुको संख्या १० हजार ८११ जना रहेका छन् ।

त्यस्तै, मुलुकभर कोरोनाको सक्रिय संक्रमितहरु १८ हजार २३५ पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *