अधिकारकर्मीहरुद्वारा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्ने माग

मुख्य खबर

अधिकारकर्मीहरुले भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहार घटनामा ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार भेरी अस्पताल नेपालगन्जमा ज्ञानेन्द्र शाही सहितको समूहले अस्पतालका चिकित्सक र नर्सिङ्ग स्टाफ माथि दुव्र्यवहार गरेका थिए । सोही घटनालाई लिएर आज नेपालगन्जमा बसेको अधिकारकर्मीहरुको बैठकले उक्त घटनामा केही व्यक्तिहरुले विधि प्रक्रियाको उल्लंघन गरेको ठहर गरेका छन् ।

अधिकारकर्मीहरुको बैठक पछि जारी विज्ञप्तिमा अस्पताल जस्तो संवेदनशील क्षेत्रभित्र प्रवेश गरी अमर्यादित क्रियाकलाप र दुव्र्यवहार गरेको घटनाप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

अधिकारकर्मीहरुले घटनामा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन हदैसम्मको कारवाही गर्न माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *